नेकपा हाइकमान्ड बस्दै : कार्यदलको भविष्य टुंगो लगाउने

| 2019 Feb 04 | 11:52 am 1539

काठमाडौं, माघ २१ : लामो समयपछि नेकपा हाइकमान्ड भनिएको सचिवालय बैठक आज बस्‍ने भएको छ। बैठकमा कार्यदलको भविष‍्यबारे निर्णय हुने जनाइएको छ।

पुस मसान्तभित्र काम सक्ने म्याण्डेट सहित नेकपा स्थायी कमिटी बैठकबाट गठित कार्यदलले विधान बाहेक अन्य कुनै विषयमा सहमति जुटाउन नसकेपछि यसलाई निरन्तरता दिने कि भंग गर्ने भन्नेबारे शीर्ष तहमा मतभेद देखिएको छ।

कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव बिष्णु पौडेल प्रदेश कमिटी गठनको निर्णय फेरबदल गर्न असहमत भएपछि अहिलेसम्म कार्यदलको बैठक बस्न सकेको छैन। नौ सदस्यीय कार्यदलका लगभग बहुमत सदस्यहरु यसअघि सचिवालयले गरेको प्रदेश कमिटी लगायतका निर्णय तलमाथि गर्न तयार नभएपछि कार्यदल निश्क्रिय र निर्णयहीन अवस्थामा पुगेको हो।

कार्यदलको कामका सन्दर्भमा अध्यक्षद्वय ओली र प्रचण्डले शनिवार छलफल गरेका थिए। बादल र महासचिव पौडेलमार्फत उनीहरुले कार्यदलमा के भइरहेको छ भन्नेबारे जानकारी समेत लिएका थिए। कार्यदलको कामका सन्दर्भमा अध्यक्षद्वय ओली र प्रचण्डले शनिबार छलफल गरेका थिए । बादल र महासचिव पौडेलमार्फत उनीहरुले कार्यदलमा के भइरहेको छ भन्नेबारे जानकारीसमेत लिएका थिए।

कार्यदलले जे जति काम गरेको छ, त्यसको रिपोर्ट मागेर अन्य काम सचिवालयबाट टुंगो लगाउने सन्बन्धमा समेत नेताहरुबीच छलफल भएको नेकपा स्रोतले जनाएको छ। तर, माधव नेपाल पक्षधर नेताहरुले भने स्थायी कमिटीले गठन गरेको कार्यदल निश्क्रिय बनाउने वा त्यसलाई भंग गरेर अर्को कमिटीले काम गर्ने कुरा मान्य नहुने बताएका छन् ।

स्थायी कमिटी बैठकले माघ महिनाभित्रमा सबै कमिटी एकीकरण सम्पन्न गरी भेला बैठक सकेर फागुन र चैतमा देशब्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । तर, कार्यदलमा विधान सच्याउने विषय बाहेक अन्यमा सहमति भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.