नेकपा स्थायी समितिको बैठक बालुवाटारमा बस्दै

रिपोर्ट नेपाल | 2018 Jul 05 | 03:34 pm 3472

काठमाडौ, असार २१ : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक अहिले केही समय पछि बस्दैछ ।

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री ओलिले चिन भ्रमणबाट भएको उपलब्धि बारे सदस्यलाई जानकारी गराउने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन । अहिले केही समयपछि बस्ने बैठकमा पार्टीको जिम्मेवारीका विषयमा समेत छलफल हुने बताईएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एकतापछि तल्लो तहदेखि माथिल्लो तहसम्म भईरहेको पार्टीको विकासबारे अवधारणा राख्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताए । स्थायी समितिको बैठकको तयारीका लागि हिजो बुधबार सचिवालय सदस्यको बैठक बसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.