नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू

| 2020 Dec 01 | 02:17 pm 2174

काठमाडौं मंसिर १६ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टी कार्यालय धुमबाराहीमा बस्ने भनिएपनि सचिवालय बैठक सुरक्षा थ्रेट भन्दै बालुवाटारमै बसेको हो।

बैठकमा प्रधानमन्त्री ओलीले मंसिर १३ गते सचिवालयमा पेश गरेको प्रतिवेदनको जवाफ अध्यक्ष दाहालले दिनेछन भने कार्तिक २८ गते सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदन र प्रधानमन्त्री ओलीले १३ गतेको बैठकमा फर्काएको प्रत्युत्तरबारे छलफल हुने बताइएको छ।

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै प्रस्ताव स्थायी कमिटीमा लैजाने पक्षमा छन भने प्रधानमन्त्री ओली सचिवालयमा नै छलफल गर्नुपर्ने पक्षमा रहेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.