सांगठनिक एकीकरणको विषयमा कार्यदलसँग छलफल गर्ने निष्कर्ष

| 2019 Feb 18 | 05:00 pm 1858

काठमाडौं, फागुन ६ : सांगठनिक एकीकरण पेचिलो बन्दै गएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यदलसँग छलफल गर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनबारे निष्कर्षमा पुग्नुअघि कार्यदलका सदस्यसँगै एक पटक सामूहिक छलफल गर्ने निर्णय गरेको हो । बिहीबार बिहान कार्यदलका सदस्यसँग छलफल गरेर सांगठनिक एकीकरणसम्बन्धी आवश्यक नीति र निर्णय लिइने बताइएको छ ।

पुस १३ गते बसेको नेकपा स्थायी कमिटी बैठकले सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रदेश कमिटी पुनः गठन गर्ने कि नगर्ने विषयमा विवाद भएपछि जिल्ला र जनसंगठनबारे कार्यदलमा छलफलसमेत हुन सकेको थिएन ।

माघ २१ गतेको सचिवालय बैठकले भोलिपल्टै प्रतिवेदन बुझाउन निर्देशन दिएपनि कार्यदलले केही दिनअघि अपुरो प्रतिवेदन बुझाएको थियो । सचिवालयले सोही प्रतिवेदनबारे कार्यदल सदस्यसँग छलफल गर्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.