नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने

रिपोर्ट नेपाल | 2021 Mar 12 | 08:54 am 1385

काठमाडौं, फागुन २८ः नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने भएको छ । चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको छ तर, अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरूले बताएका छन् ।

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै बैठकबारे कहि निष्कर्ष हुने छ । यसका लागि शुक्रबार पनि शीर्ष नेताहरुसँग छलफल जारी रहने छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने छ। केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.