नुहाउने क्रममा पोखरीमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्धारा फेला 

| 2021 Aug 06 | 08:10 pm 2137

सप्तरी, साउन २२ः जिल्लाको कञ्चनरुप नगरपालिका ९ रुपनगरस्थित पोेखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले शुक्रबार फेला पारेको छ । सोही नगरपालिका १२ बस्ने ६० बर्षीय बिर्जु सरदार साउन २१ गते उक्त पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव प्रसाद भट्टको कमाण्डमा खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले उनको शव पोखरीबाट बाहिर निकालेको हो ।

चोरीपैठारीको सामान बरामद
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ पानी ट्याङ्कीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब ३ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका सामान बरामद गरको छ ।

भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, भाँडाबर्तन तथा गुट्खा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय मलगंवामा बुझाईएको छ ।

यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ बाईपास ईलाकाबाट सशस्त्र प्रहरीले करिब २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.