नुहाउन गएकी  एक बालिकाकाे डढेलोमा परी मृत्यु

| 2021 Apr 03 | 08:26 am 3261

गुल्मी, चैत २१: शुक्रबार दिउँसाे घरबाट नुहाउन गएकी  एक बालिकाकाे जगंलमा लागेको डढेलोमा परी मृत्य भएको छ। मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-७ की नौ वर्षीय संगीता परियार रहेकी छन् ।

उनीकाे घरनजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलीमा परी  जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.