निषेधाज्ञा थप कडाइ गर्न २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द

रिपोर्ट नेपाल | 2021 May 03 | 04:25 pm 1525

काठमाडौं, बैशाख २०ः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ३० जिल्लामा २ सय  कोरोना संक्रमित रहेको  र १५ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको बताएका छन् ।

उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको  बताए । उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि ओलीले बताए । उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.