निर्मलाकाे हत्यारालाई निष्पक्ष छानबिन गरी कडा कारबाही गर्ने आेलीको प्रतिबद्धता

| 2018 Aug 27 | 05:05 pm 1865

काठमाडौं,  भदौ ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि भएको बालिका हत्याको निष्पक्ष छानबिन गरी अपराधीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार बिहान प्रमुख मिडियाका सम्पादकहरूसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले घटनाको निष्कर्षमा पुगेपछि अपराधीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।

घटनाको छानबिनका लागि प्रारम्भमा प्रहरी संयन्त्रमा भर पर्नु सरकारको बाध्यता भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्दिग्ध देखएका कारण जिल्लाको प्रहरी नेतृत्वसहितलाई फिर्ता बोलाएको बताए।

‘सरकारले प्रहरी संयन्त्रमा भर पर्नुपर्ने हुन्छ, विश्वास पनि गर्नुपर्छ तर पछि उनीहरूको गतिविधि सन्दिग्ध देखिएपछि फिर्ता बोलाइयो र नयाँ छानबिन समिति बनाइयो’ प्रधानमन्त्रीले भने, ‘छानबिन समिति निष्कर्षमा पुग्छ, अपराधीलाई छोडिन्न।’

गृह प्रशासनले माइतिघर मण्डलामा प्रदर्शनमा रोक लगाउनु स्वभाविक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ ठूला र भीडभाडयुक्त प्रदर्शन गर्नु उपयुक्त नहुने समेत बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.