‘निर्मलाका हत्यारालाई कारबाही गर, हत्यारा लुकाउन पाइँदैन’ नाराका साथ विद्यार्थीहरू सडकमा

| 2018 Sep 14 | 06:16 pm 1727

काठमाडौं, भदौ २९ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका लागि न्यायको माग गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । नयाँ बानेश्‍वरको चोकमा स्कुल ड्रेस लगाएरै विद्यार्थीहरू विरोध प्रदर्शन गरेका हुन् ।

बालिका निर्मला पन्तको पक्षमा न्याय र दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन् । सडकमा उत्रिए विद्यार्थीहरूले ‘गिभ जस्टिस फर निर्मला, स्टोप भ्वाइलेन्स अगेन्स्ट चिल्ड्रन, दोषीलाई कारबाही गर, हत्‍यारा लुकाउन पाइँदैन, निर्मलालाई न्याय देऊ।’ भनेर नारा लगाउँदै प्रदर्शन गरे ।

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको दोषीको पहिचान अझै हुन सकेको छैन । प्रशासन नै अपराधीलाई लुकाउन लागि परेको आरोप लागिरहेको छ।

सरकारले घटनाका सम्बन्धमा छानबिन गरी सत्य बाहिर ल्याउनका लागि अनुसन्धान समिति गठन गरेको छ। अहिले निर्मलाको न्यायका लागि दबाब दिन भन्दै उनका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरू काठमाडौँमा छन्।

बिहीबार मात्रै माइतीघर मण्डलामा निर्मलाको आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.