‘निर्मला हत्याको घटनामा गृहमन्त्रीकै छोरातर्फ औंलो उठेको छ’ : तरुण दल

रिपोर्ट नेपाल | 2019 Jan 22 | 07:08 pm 1477

विराटनगर, माघ ८  :  प्रमुख प्रतिपक्षी दल नेपाली  काँग्रेसका भातृ सङ्गठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सुध्रिनु पर्ने बताएको छ । नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र मोरङ जिल्ला समितिको संयोजनमा प्रदेश १ को विराटनगरमा आयोजित विरोध कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ओली सरकार नसुध्रिए कुर्सीबाट तानेरै भए पनि सडकमा ल्याउने चेतावनी दिए।

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Tarun_dal_Province_1.jpg

बस्नेतले निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धी घटनामा गृहमन्त्रीका छोरातर्फ औंला ठडिएको आरोप समेत लगाएका छन् ।  सभापति बस्नेतले भने, ‘‘निर्मला बलात्कार र हत्याको घटनामा गृहमन्त्रीकै छोरातर्फ औंलो उठेकोछ । उनलार्य कानुनी दायरामा ल्याउन जरुरी छ ।’’ बस्नेतले एउटा बच्चीको बलात्कार र हत्या हुँदासमेत सरकार नै त्यसलाई ढाकछोप गर्न सक्रिय भएको बताए । सरकारलाई भ्रष्टाचारमुक्त बनाउन दबाब दिने उद्देश्यले तरुण दल आन्दोलन लिएर सातवटै प्रदेशमा गएको बताए ।

बस्नेतले भने, ‘‘भ्रष्टाचारमा सरकार नै फसेकोले यसको विरोधमा सडकमा आउनु परेको छ । निकै समृद्धिको कुरा गरेपनि जनमतको कदर गर्न सकेको छैन् ।’’  प्रधानमन्त्री केपी ओलीलाई जनताले समृद्ध नेपाल बनाउने आशामा दुई तिहाई मत दिएपनि त्यसको अवमूल्यन गरेको बताए ।

देशलाई अधिनायकवाद तर्फ लैजान अहिले मुलुकमा चारथरिका कम्युनिष्ट सक्रिय भएको बताउँदै बस्नेते सानो अंशका रुपमा एउटा सडकमा, अर्को जंगलमा, एउटा संसदमा र अर्को सरकारको रुपमा सरकारमा रहेको बताए । भने,‘‘सबैतिरबाट घेराबन्दी गरेर मुलुकलाई अधिनायकवादतर्फ लग्ने प्रयास हुँदैछ ।’’

त्यसै गरी तरुणका महासचिव भुपेन्द्र जङ्ग शाहीले ओली सरकार धर्म बेचेर खरिद गरेको होली वाइन खाएर फुलेको आरोप लगाएका छन्।शाहीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई बचाउन सरकार नै सक्रिय भएको आरोप लगाउँदै भने, ‘‘वाइडबडी र सुनकाण्ड गर्ने पनि सरकारै मानिसहरु हुन ।’’ उनले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

कम्युनिस्ट सरकारको चमत्कार, महँगी, बलात्कार र भ्रष्टाचारका विरुद्ध तरुणले सात वटै प्रदेशमा विरोध कार्यक्रम गर्ने भएको छ। मङ्गलवार प्रदेश एक विरोध कार्यक्रम गरेको तरुणले बुधवार प्रदेश २ मा गर्ने भएको छ। कार्यक्रममा केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भुपेन्द्र जङ्ग शाहीलगायतका १४ वटै जिल्लाका हजारौँको तरुणको सहभागिता थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.