निर्मला हत्या प्रकरणले सरकारको कार्यक्षमातामा प्रश्न उठेकाे छ- अध्यक्ष प्रचण्ड

| 2018 Dec 26 | 05:55 pm 1620

काठमाडौं, पुस ११ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्मला हत्या र बलात्कारको घटनाले सरकारको कार्यक्षमातामा प्रश्न उठेकाे बताएका छन् । उनले संसदको हिउँदे अधिवेशनलाई बुधबार सम्बोधन गर्दै निर्मला हत्या प्रकरणले  सरकारको कार्यक्षमातामा प्रश्न उठेकाे बताएका हुन् ।

अधिवेशनलाईसम्बोधन गर्दै पछिल्लो समयमा सामाजिक सुरक्षाका घटनाहरु भएकोमा आफुलाई चिन्तित तुल्याएको बताएका छन् । निर्मला हत्या प्रकरणमा सरकार कहिँ न कहिँ कमजोरी रहेको समेत उनले बताए ।

‘निर्मला पन्त प्रकरणले हामीलाई चिन्ता बढायो । यसमा सरकारको कार्यक्षमातामा प्रश्न उठेकै हो । कहि न कहि सरकारको लुप्स भयो । पार्टीमा पनि यसबारे छलफल हुन्थ्यो, हामी गथ्र्यौ’ प्रचण्डले भने , ‘अव यसको अनुसन्धान निष्कर्षमा पुर्याउने जिम्मेवारी सत्ता र प्रतिपक्षको साझा दायित्व बनेको छ । अपराधिलाई कारवाही गर्नु सवैको दायित्व हो ।’

तर प्रचण्डले सरकार धेरै घटनाहरुमा दोषिलाई कारवाही गर्न सफल भएको पनि नविर्सन प्रचण्डले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.