निलम्बित एसपी बिष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण शुरु

| 2018 Sep 13 | 06:12 pm 4754

काठमाडौं, भदौ २८ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुशन्धानमा निलम्बनमा परेका एसपी डिल्ली विष्टकै डीएनए परिक्षण हुने भएको छ । एसपी विष्टको डीएनए परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा। हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका छन् ।

प्रहरीका अनुसार कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित एसपी डिल्ली बिष्ट, उनका छोरा किरण बिस्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका दाई ९कांग्रेस नेता भुपेन्द्र बिस्ट०का छोरा आयूष बिस्टको रगतको नमूना शंकलन गरिएको छ ।

कञ्चनपुरमा रहेका एसपीका छोरा किरण र मेयर बिस्टका भतिजा आयूषको रगतको नमूना बुधवार महाकाली अञ्चल अस्पतालमा शंकलन भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए । यस्तै मेयर बिस्टको नमूना बिहीवार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा शंकलन भएको हो ।

मृतकको योनीबाट लिइएको ुस्वाबुको डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्टको डीएनए परिक्षण गर्न लागिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.