निर्मला पन्तको हत्यारालाई सरकारको संरक्षण : नेकपा विप्लव

रिपोर्ट नेपाल | 2018 Dec 02 | 07:00 pm 1973

कञ्चनपुर, १६ मंसिर : कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको हत्यारालाई सार्वजनिक गरी कारबाहीको माग गर्दै विप्लव नेतृत्वको नेकपाले कञ्चनपुरमा विरोध प्रर्शन गरेको छ । विप्लव समूहको अगुवाईमा आईतवार खलंगामा निर्मला पन्तको न्यायका लागि भन्दै प्रदर्शन गरेको हो ।

निर्मलाको हत्यारालाई सरकारले नै संरक्षण गरेको भन्दै विप्लव समूहले तत्काल कारबाही गर्न माग गरेकाे छ । निर्मलाको हत्या भएको ४ महिना बितिसक्दा समेत सरकारले कुनै पनि अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै उनीहरूले सरकारको विरोध गरेका हुन् । घटनामा सरकारी पक्षकै संलग्नता रहेको भन्दै विप्लव नेतृत्वको नेकपाको महाकाली संयोजक वीरेन्द्र शाहीले हत्यारालाई तत्काल कारबाही गरिनुपर्ने बताए ।

प्रदर्शनमा विभिन्न विद्यालय सयौं विद्यार्थीले सहभागिता जनाएका थिए । खलंगाको तल्लो थाप्लेबाट सुरु भएको प्रदर्शन ठाटीबजार–गैरीखाली, जिल्ला प्रशासन हुँदै ठाटी बजारमा आएर कोणसभामा परिणत भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.