निर्मला पन्त हत्या प्रकरण : आज पनि गोली चल्यो, ४ जना घाइते

| 2018 Aug 24 | 06:21 pm 3640

कञ्चनपुर, भदौ ८ :  बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको छ ।

कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको हो । प्रहरीले गोली लागेर ४ जना घाइते भएका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले बताए।

Image may contain: one or more people and people sitting

निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले नाराजुलुश गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर टायर समेत बालेका थिए ।

Image may contain: one or more people and people sitting

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.