काठमाडौं, असोज ५ः बुद्धभूमि संचार गृहद्वारा प्रकाशित रिपोर्ट नेपाल डटकमका संस्थापक संचालक तथा निर्देशक कृष्ण प्रसाद सापकोटालाई नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग विस्तार सदस्यमा नियुक्त गरिएको छ ।
सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा (२५) (९) बमोजिम सापकोटालाई नियुक्त गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई संयोजक रहेको विभागमा सापकोटालाई मनोनयन गरिएको हो ।
सापकोटा नेविसंघ गुल्मी क्षेत्र नम्बर १ को पूर्व सभापति, नेपाल तरुण दल गुल्मीको पूर्व सदस्य तथा तत्कालिन अर्लाङ्कोट गाविसको निर्वाचित उपाध्यक्ष भइसकेका सकृय युवा नेता हुन ।