निरन्तर वर्षा : सचेत रहन मन्त्रालयकाे आग्रह

रिपोर्ट नेपाल | 2019 Jul 12 | 07:01 pm 1930

काठमाडौँ, असार २७ : वर्षा नरोकिएपछि गृह मन्त्रालयले एक सूचना मार्फत जनतालाई सचेत रहन आग्रह गरेको छ । लगातार परेको वर्षा अझै दुई दिनसम्म निरन्तर चल्ने भएपछि मन्त्रालयले सजग रहन आग्रह गरेको हो ।

मुलुकभर बाढी पहिरोमा परी ज्यान गुमानेको सङ्ख्या ११ जना पुगेको छ । १३ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् । थप दुई दिन मुलुकका मध्य र पूर्वी भागमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बाढी र पहिरोको जोखिम अझै रहेका कारण सचेतना अपनाउन आग्रह गरेको छ ।

खोलाको छेउछाउका बस्ती जोखिममा परेपछि प्रहरीले उद्धार टोलीलाई ‘अलर्ट’ राखेको छ । कलंकी मालपोत क्षेत्रमा उद्धार टोली बाढी क्षेत्रमा खटिइरहेको बोगटीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.