नियम मिचेर चालाउने, सात अस्पताल बन्द गर्न जिल्ला जनस्वास्थको निर्देशन

| 2019 Jun 07 | 10:35 pm 2138

  • महेश सिंह महतो

सिरहा, जेठ २४:  जिल्लामा अवैध क्लिनिक संचालन गर्नेकाे बिगबिगि ह्वात्तै बडेकोको छ । नियम मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएका छन् ।

जन स्वास्थले नविकरणको लागि पटक–पटक अनुरोध गरिरहँदा पनि बलमिचाई गरेर र जोर जबरजस्ती अस्पताल र किलनिक सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न जिल्ला जनस्वास्थ कार्यालय सिरहाले निर्देशन दिइएको छ । संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा सगरमाथा मोडेल हस्पिटल प्रालि गोलबजार ८ चोहर्वा, मा धमिनी हस्पिटल प्रालि गोलबजार ६, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि मिर्चैया ६ सहित ८ वटा रहेका छन् ।

लाहान लाइफ केयर हस्पिटल प्रा.लि. लाहान–४, डिफाईन हस्पिटल केयर प्रा.लि. लहान –३, फेण्डस हस्पिटल लाहान ४, कामना नर्सिङ होम लाहान ४, त्यसैगरी, आदित्य मेडिकेयर सेन्टर लाहान ८, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लाहान, अलफ्रेण्ड हेल्थ केयर प्रालि छपराडी बजार र सहलेश पोली क्लिनिक मिर्चैयाले नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरिरहेको पाइएको छ ।

नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि दुई महिनाको समय दिएपनि अटेर गरेकोले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्वन्धि निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन जेठ २२ गते पत्राचार गरिएको जिल्ला जन स्वास्थ्य अधिकृत उमेशलाल कर्णले बताए ।

उनले भने नियम विपरित सञ्चालनमा रहेका सवै स्वास्थ्य कार्यालयलाई सात दिनभित्र संस्था बन्द गरी जिल्ला प्रशासन कार्यलय र स्वास्थ्य कार्यालयमा जानकारी दिन पत्राचार गरिएको बताए ।

७ दिनभित्र स्वास्थ्य संस्था बन्द नगरे गैह्रकानूनी रुपमा संस्था सञ्चालन गरेको अभियोगमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने कर्णले जनाए ।
स्वास्थ्य कार्यालय सिरहामा २०७५ भदौ २० गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले नविकरणका लागि २ महिनाको समय तोकेको थियो ।

यता निजी स्वास्थ्य संस्था सञ्चालकहरुले भने आफूहरुले स्थानीय तहसँग स्वीकृति लिएको र नविकरण गरिरहेको जनाएका थिए । तर उनीहरुले स्थानीय तहको कार्यविधिअनुसार १५ शैयाको अस्पतालको नविकरण गर्ने अधिकार भएकोले अहिले त्यहीबाटै नविकरण गराउने उनीहरुको दावी रहेको जिल्ला जनस्वास्थ कार्यालय सिरहाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.