निगमलाई साउदी उडानको बाटो खुल्यो

| 2022 Mar 07 | 08:42 am 1089

काठमाडौँ, फागुन २३ः नेपाल वायुसेवा निगमलाई साउदी अरबमा उडानको बाटो खुलेको छ । साउदी अरबको नागरिक उड्डयन सङ्गठन (जीएसीए)ले आइतबार निगमलाई उडानको औपचारिक स्वीकृति दिएको हो ।

अनुमतिअनुसार अबदेखि निगमका जहाजले साउदी अरबको रियाद, दमाम र जेददामा उडान भर्न पाउनेछन् । यससँगै निगमले आगामी अप्रिलदेखि नै काठमाडौँ–रियाद सातामा तीनवटा व्यावसायिक उडान गर्ने योजना बनाएको छ ।

व्यावसायिक उडानको अनुमति प्राप्त गर्ने कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थिति थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.