नारायणगढमा लाखेनाच प्रतियोगिता हुने

रिपोर्ट नेपाल | 2018 Sep 15 | 11:19 am 2600

चितवन, भदौ ३०: आज भन्दा झण्डै डेढ दशक अघिसम्म देशका विभिन्न सहरमा नेवार समुदायले प्रदर्शन गर्ने लाखेनाच बिस्तारै लोप हुन थालेपछि त्यसको संरक्षणका लागि प्रतियोगिता गर्न थालिएको छ ।

यूवा वर्गले आधुनिकताका नाममा लाखेनाचलाई बेवास्ता गर्न थालेपछि लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने बताइएको छ । प्रतियोगितामा सहभागिताका लागि देशभरबाट ४० समूहले सहभागिता जनाउने आयोजकले बताएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्वको
मेचिदेखि पश्चिमको महाकालिसम्मका समूहले सहभागिता जनाउने छन् ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पाउने चार समूहले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले बताएका छन् ।

प्रतियोगिता शुरु हुनु अगाडि असोज ३ गते बिहान नारायणगढमा शोभा यात्रा निकालिने र लोप हुँदै गएको संस्कृति जोगाउन र नयाँपुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठानले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.