नारायणगढ–मुग्लिन सडक पहिरो रोकथामको लागि एक हप्ता बन्द हुने

| 2021 Mar 07 | 07:58 am 2037

चितवन फागुन २३: पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाले चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म अत्यावश्यक सवारी साधन बाहेक दुईतर्फी आवागमन बन्द रहने आयोजनाले जानकारी

सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने आयोजनाले जनाएको छ । उक्त्त समयमा सकभर वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.