निर्माण नसकिँदै भत्कियो नारायणगढ-मुग्लिन सडक

| 2018 Jul 08 | 10:18 pm 1673

चितव, २४ असार : नारायणगढ–मुग्लिन सडक निर्माण नसकिँदै सडक भत्किन थालेको छ । जुगेडी नजिक भतेरीको जंगलमा झन्डै ५० मिटर सडक भत्केको हो ।

भत्किन थालेपछि आयोजनाको परामर्शदाता कम्पनीले त्यो ठाउँमा पुनस् सडक बनाउन कम्पनीलाई निर्देशन दिएको जनाएको छ । अहिले सडकलाई तीन खण्डमा विभाजन गरी फरक–फरक निर्माण कम्पनीमार्फत काम भइरहेको छ ।

सामान्य मर्मत गरेर नहुने भएकाले पुरै भत्काएर नयाँ बनाउन निर्देशन दिएको आयोजनाका अधिकारीले बताए । ‘तलबाट पुरेर ल्याएको ठाउँ भत्केको देखिन्छ । त्यसलाई सामान्य मर्मतले हुँदैन । फेरि भत्काएर लगभग ५० मिटर सडक पुरै बनाउनु पर्छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीले भने । निर्माणाधिन सडक खण्डमा देखिएको यो ठुलो समस्या हो । अन्य केही साना समस्या पनि देखिएको र सुधारको निर्देशन दिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.