नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा पहिरो जाँदा यातायात अवरुद्ध

रिपोर्ट नेपाल | 2020 Jun 17 | 07:48 am 1569

चितवन, असार ३ः लगातारकाे वर्षापछि नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । बुधबार बिहान सवा चार बजेतिर सो सडक खण्डको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो जाँदा बिहानैदेखि आवतजावत ठप्प भएको प्रहरीले जनाएको छ ।

अबिरल वर्षाका कारण पहिरो गएपछि सडकमा लगाइएको तार जाली बगाएको छ । पहिरोले ठूलो भएकोले हटाउन समय लाग्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.