चितवन, साउन १९: भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध भएको र त्यस क्षेत्रमा अझै पानी परिरहेको बताएको छ ।
पहिरो पन्छाउने काम शुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए ।
पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।