नापतौल विभागद्वारा छ वटा ग्यास उद्योगसँग स्पष्टीकरण

रिपोर्ट नेपाल | 2020 Jan 01 | 07:37 am 1873

काठमाडौं, पुस १६: नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न छ वटा ग्यास उद्योगसँग स्पष्टीकरण मागेको छ । ग्यास उद्योगले मापदण्ड विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण मागेको हो ।

विभागले अनुगमनका क्रममा सिलिन्डरमा हाइड्रो स्ट्यालिक टेस्ट नगरिएको क्लिनिङ तथा ड्राइङ नभएको र ‘टियर वेट’ (खाली सिलिन्डरको) नलिएको भेटिएपछि ती उद्योगलाई स्पष्टीकरण सोधिएको जनाइएको छ । विभागले स्पष्टीकरण सोधिएका ग्यास उद्योग एभरेस्ट, श्रीकृष्ण, साइबाबा, क्यावसन्स, भानु र त्रिवेणी रहेका छन् ।

विभागका अनुसार उद्योगहरुले विभागलाई चित्त बुझ्दो स्पष्टीकरण नदिएमा कानून अनुसार कारबाही गरिने छ । उद्योगले १५ दिनभित्र स्पष्टीकरण दिनु पर्ने विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.