नागरिक समाजद्वारा निर्वाचित पत्रकारलाई सम्मान

रिपोर्ट नेपाल | 2021 Apr 14 | 05:49 pm 2233

  • महेश सिंह

सिरहा, १ बैशाख १ः नेपाल पत्रकार महासंघ सिरहा शाखाबाट निर्वाचित भएका पत्रकारहरुलाई सम्मान गरेका छन् । लहान नगरपालिका २४ का वडा अध्यक्ष कमल देब यादवले आज एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ सिरहा शाखाका पदाअधिकारीहरुलाई गम्छा र टिका लगाई सम्मान गरेका हुन् ।

No description available.

वडा अध्यक्ष कमलदेब यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो, भने नेपाल पत्रकार महासंघको प्रदेश कमिटी सदस्य दिनेश्वर प्रसाद गुप्ता प्रमुख अतिथि रहेका थिए ।

No description available.

बिशिस्ट अतिथिमा नेपाल पत्रकार महांसंघको सिरहा शाखाका नव निर्वाचित सभापति मनोज बनैता रहेका थिए ।

अतिथि महिला उपाध्यक्ष रिंकु दासका अनुसार नयाँ कार्य समितिले पहिलेको तुलनामा फरक काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरिन् ।

No description available.

पुरुष उपाध्यक्ष गणेश साह, कोषाअध्यक्ष बिरेन्द्र नेपाल र जिल्ला कार्यसमिति सदस्य महेश सिंह महतो र संजय बिश्वकर्मा लगायतका पत्रकारहरुको सहभगीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.