नागरिक लगानी कोषको कार्यालयमा आगलागी

| 2019 Jan 19 | 06:19 pm 2155

काठमाडौं, माघ ५ : नागरिक लगानी कोषको कार्यालयमा आगलागी भएको छ। नयाँ बानेश्वर स्थित कार्यालयमा शनिबार दिउँसो आगलागी भएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी र दमकलले आगलागी नियन्त्रणमा लिएका थिए। प्रहरीका अनुसार आगलागीलाई एक घण्टामै नियन्त्रणमा लिइएको थियो।

घटनामा केही सामानहरु जलेका छन्। कम्प्युटर लगायत कागजपत्र आगलागीमा जलेका भए पनि कार्यालय शनिबारको दिन बिदा हुँदा के कति क्षति भयो यकिन हुन सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.