काठमाडौँ २० चैत। अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टी गण्डकी प्रदेश पार्टीअध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाही गरेकी छिन् ।
केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको बेला पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि कुटपिट गरेको भन्दै पार्टी विधानअनुसार पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको अध्यक्ष श्रेष्ठद्वारा जारी पत्रमा उल्लेख छ ।
सुदूरपश्चिममा कुन समीकरणमा सामेल हुने भन्नेमा रेशम र रञ्जिताबीच फरक मत उत्पन्न भएपछि यतिबेला नागरिक उन्मुक्ति फुटको संघारमा फसेको छ ।
अध्यक्ष रञ्जिता संघदेखि प्रदेशसम्म नवगठित सत्ता समीकरणमा सामेल हुने पक्षमा छिन् भने संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारै पक्षमा छन् ।