नागमणि दिने भन्दै दुई करोड बढी ठगी गर्ने तीन जना बाँके प्रहरीकाे फन्दामा

रिपोर्ट नेपाल | 2020 Nov 04 | 09:23 am 2230

दाङ, कात्तिक १९: ​नागमणि दिने भन्दै करिब दुई करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका-४ निवासी  धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका-५ निवासी कृष्ण शाह र  सल्यान शारदा नगरपालिका-९ निवासी  डिल्ली बहादुर बोहरा रहेका छन् ।

उनीहरूले दाङ घोराही उपमहानगरपालिका १७ निवासी माधव प्रसाद घिमिरेलाई ‘हामीसँग बहुमुल्य नागमणी छ, उक्त नागमणि आफूसँग राख्दा धर्म प्राप्तिका साथै व्यापार व्यवसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बास हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सुःखशान्ति र सम्बृद्धि हुन्छ’ भनी प्रलोभनमा पारेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए।

घिमिरेसँग उनीहरूले एक करोड ८९ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको एसपी रानाले जानकारी दिए। उनीहरूलाई यहि कार्तिक १५ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१ बाट ठगी गरी लिएको नगद ४० लाख रुपैयाँसहित पक्राउ गरिएको र अहिले थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.