नागढुंगा–नौबिसेकाे जामले गयाे एक यात्रुकाे ज्यान

| 2019 Sep 27 | 09:37 am 1995

काठमाडाैं, असाेज १०:  नागढुंगा–नौबिसे सडकखण्डको लामाे समय जाममा परेको बेला गाडीमा रहेकाे एक यात्रुको मृत्यु भएको छ ।

जनकपुरबाट काठमाडाैंतर्फ आईरहेकाे ना ७ ख ५३६४ नम्बरको बसमा यात्रुकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाह रहेका छन् । उनको जाममा परेका बेलामा बिहान ज्यान गएको प्रहरीले जानकारी दिए ।

शाह क्यान्सर पीडित भएको परिवारले बताए । गाडीमा सवार रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा केही पत्ता लागेकाे छैन । अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी भइरहेकाे प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.