नशाको करामत

रिपोर्ट नेपाल | 2023 Jul 26 | 03:42 pm 3345

कविता

जाँड रक्सी, चुरोट नित्य खान्छ जसले ।

जुवा तास भित्तीमा मन लाउँछ त्यसले ॥

बाह्रै मास पाठ गर्छ सोह्र भाइ जसले ।

अप्सरा, राधा, सीता सधैँ देख्छ त्यसले ॥

 

बोक्रे धाक गुड्डी ठूलो छ उसैको ।

होसै गायब छ पाट पुर्जा खुस्केको ||

हँ हँ साथी साँझमा फेरि भेटौँला ।

केही नपाए बूढी बाख्री रेटाैंला ||

 

कालो, सेतो, गोलो चट्ट भएको ।

अमृत तीन पाने बनेको छ त्यसैको ॥

मर्चा मिसी भट्टीको एक भाँडामा ।

खाँदा स्वर्ग मर्त्य देखिने सडेको कोदामा ||

 

रसिलो, पोसिलो रन्किने भरभराउँदो ।

सुनिने अनौठो बोली लरबराउँदो ||

ठण्डी मौसम तातो सिरक चाहिने ।

चिसो तातो थाहा केही नपाइने |।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.