नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिन खेलाडीलाई लहानबाट बिदाई

रिपोर्ट नेपाल | 2022 Oct 14 | 12:06 pm 2313

  • महेश सिंह

सिरहा, असोज २८ः सिरहाको लहानबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिने खेलाडीलाई बिदाई गरिएको छ। कराते संघका जिल्ला अध्यक्ष दिनेश कुमार महतोको अध्यक्षमा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी प्रमुख अतिथि रहेका थिए।

No description available.

बिशिष्ट अतिथिमा लहान नगरपालिकाका उप प्रमुख राम चलितर महतो र अतिथिहरुमा लहान ३ का अध्यक्ष राम दयाल महतो, लहान १ का अध्यक्ष युगलकिशोर चौधरी, जिल्ला समन्वय समिति सिरहाका इन्जिनियर शुभक लाल यादव लगायत बुद्धिजीहरुको उपस्थिति रहेको थियो।

No description available.

एक हप्ते बन्द प्रशिक्षण कार्यक्रम अन्तर्गत २९ जना खेलाडीहरुलाई गण्डकी प्रदेशको पर्वत जिल्लाको कुश्मामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिन सम्मानका साथ पठाईएको मधेस प्रदेशका टिम कोचर राजेश गुप्ताले बताए।

No description available.

कार्यक्रममा प्रमुख अतिथि चौधरीले मेडल ल्याउने खेलाडीहरुलाई बिशेष प्याकेजका साथ लहान नगरपालिकाले स्वागत र सम्मान गरिने प्रमुख अतिथि चौधरीले बताए। उक्त खेलाडी टोली मधेस प्रदेशको टिम कोचर गुप्ताको नेतृत्वमा पठाएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.