नवलपरासीमा एक ट्रकमाथि पेट्रोल बम प्रहार

रिपोर्ट नेपाल | 2019 May 27 | 06:40 am 1676

काठमाडौं, जेठ १३:  पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुण खोलास्थित लु २ ख १०८ नम्बरको ट्रकमाथि पेट्रोल बम प्रहार भएको छ । प्रहारबाट ट्रक चालक घाइते भएको प्रहरीले जनाएको छ ।

विप्लव समुहले गरेको बन्दको अवज्ञा गरेकोमा उक्त  पेट्रोल बम प्रहार भएको हुनसक्ने आशंका गरिएको छ । थप विवरण आउने क्रम जारी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.