नवलपरासीको मध्यविन्दुमा एक गैँडा मृत फेला

रिपोर्ट नेपाल | 2018 Nov 01 | 02:26 pm 2363

नवलपरासी, कात्तिक १५ :  जिल्लाको मध्यविन्दु नगरपालिका–२ सेहरीमा करिब दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको भन्ने बारेमा अझै यकिन नभएको बताए।

विस्तृत रुपमा के कारणले मरेको हो त्यो चिकित्सकको टोली गैँडा मरेको स्थानमा पुगेर शवपरीक्षणपछि मात्र मृत्युको कारण यकिन हुने सहायक संरक्षक अधिकृत अर्यालले जानकारी दिए। अर्को गैँडासँग जुधेर घाइते भइ मरेको हुनसक्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.