नवनिर्वाचित सांसदहरूले लिए शपथ

रिपोर्ट नेपाल | 2022 Dec 22 | 02:08 pm 1205

काठमाडौं, पुस ७ः नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीरूलाई बानेश्वरस्थित संघीय संसद् भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका हुन् ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले १४ वटा मात्रृभाषामा शपथ ग्रहण गरेका छन्।

सांसदहरुले शपथ पत्रमा नामसहित हस्ताक्षर गरेका छन्। उनीहरुले नेपाली र भातृभाषामा हस्ताक्षर गरेपछि नेपालको प्रति लोगो लगाएका थिए। सपथ ग्रहण कार्यक्रममा सहभागी सासदहरु विभिन्न पोसाकमा सजिएर आएका थिए। सपथ ग्रहण सकिए लगतै उनीहरु एक आपसमा सामुहिक तथा सेल्फी फोटो खिच्न पनि व्यस्त रहेका छन्।अहिले नयाँ सांसदहरु जलपानपानमा सरिक छन् ।

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका दुई सय ७५ सांसदले आज शपथ लिएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.