नवनियुक्त प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज

| 2019 Nov 05 | 08:41 am 2522

काठमाडौं, कात्तिक १९: सोमबार मन्त्रीपरिषद्ले सिफारिस गरेका नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण (आज) मंगलबार हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा बिहान ९ बजे प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिए।

मन्त्रिपरिषद्को सिफारिशमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिरहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णु प्रसाई (प्रदेश ३), डडेल्धुराका गोविन्द कलौनी (कर्णाली प्रदेश) र चितवनकी शर्मिला त्रिपाठी (सुदूरपश्चिम प्रदेश)लाई राष्ट्रपति भण्डारीले सोमबार नियुक्त गरेकी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.