पर्वत, जेठ ३०ः अनैतिक कार्यबाट गर्भाधान भइ जन्मिएको नवजात शिशुको हत्या गरी फरार भएकी एक महिलालाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वतको साबिक आर्थर गाविस वडानम्बर ७ की ४७ वर्षीया अमृता भनिने तारा नेपाली रहेकी छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
उनले २०७० फागुन १२ गते अधेरी नेटामा बच्चा जन्माई सोही दिन हत्या गरेर फरार भएकी थिइन् । उनलाई प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा खटिएको विशेष टोलीले बिहीबार कास्कीको माछापुच्छ्र्रे गाउँपालिका घाचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई कर्तब्य ज्यान (नवजात शिशुको हत्या) शीर्षकमा अनुसन्धानका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।