नव प्रवेशी क्लब चर्च ब्वाइजले जित्यो ‘ए’ डिभिजन लिगको उपाधि

रिपोर्ट नेपाल | 2023 Jun 06 | 06:28 pm 2005

काठमाडौं, जेठ २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रवेश गरेको पहिलो पटकमै चर्च ब्वाइज च्याम्पियन बनेको छ । आज २५औं चरणमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको हो ।

दशरथ रंगशालामा मंगलबार भएको खेलको १६औँ मिनेटमा लाकेन लिम्बुले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुक्दा थ्री स्टार अग्रत लिनबाट चुक्यो । लगत्तै १७औँ मिनेटमा अन्जन विष्टको क्रसमा आशिष चौधरीको हेडर गोलरक्षक अरुण ब्लोनले बचाएका थिए । २१औँ मिनेटमा अशोक खवासको पासमा अजयी मार्टिन्सको वान भर्सेस वानको प्रहार पहिलो बार नजिकैबाट बाहिरिएपछि फेरि थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

३६औँ मिनेटमा अन्जन विष्टको फ्रि किक गोलरक्षक अरुणले पञ्च गर्दा कप्तान विक्रम लामाले क्लियर गर्दै थ्री स्टारको संकट टारे । लगत्तै ३७औँ मिनेटमा एरिक विष्टको कर्नरमा अनन्त तामाङले हेड मार्फत गरेको प्रहार अरुणले उत्कृष्ट बचाए । दोस्रो हाफमा पनि दुवै टोलीले केही आक्रमण बनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।

यस बराबरीसँगै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४६ अंब पुगेको छ । अब चर्च ब्वाइजले अन्तिम खेलमा एफसी खुमलटारसँग खेल्दैछ । यो खेलमा अंक गुमाएपनि चर्च ब्जाइजलाई कुनै असर पर्ने छैन । चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारलाई भने रेलिगेसनको दवाव कायमै छ । थ्री स्टारको २५ खेलबाट २९ अंक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.