नम्बर नखुलेको ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Nov 22 | 10:33 am 1811

धनुषा, मंसिर ६: गएराति मिथिला नगरपालिका–१० लालगढमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएको छ ।

स्थानीय पुर्ण बहादुर श्रेष्ठकी २० वर्षीया छोरी दिपा श्रेष्ठ रहेको प्रहरीले जानकारी दिए । उक्त घटना बिहीबार राति करिब ९ बजेको समयमा भएको बुझिएको छ ।

पैदल हिडीरहेकी दिपालाई नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताए ।

दुर्घटना गराउने सवारी साधन सहित चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.