नदीको बीच भागमा फसेका ५ जनाको सकुशल उद्धार

| 2023 Jul 25 | 05:52 pm 1985

रुपन्देही, साउन ९ । अविरल परेको वर्षाकाे कारण नदीमा एक्कासी बढी आई नदीको बीच भागमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १३ र १४ को सीमानास्थित दानव नदीमा दाउरा खोज्न गएको बेला बाढी आई नदीको बीच भागमा मान्छे फसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस बुटवलबाट  खटिएको टोलीले उद्धार गरेकाे हाे ।

यसरी नदीकाे वीचमा फस्नेमा   कैलाशनगर बस्ने ४२ बर्षिय जनक घर्ती,  बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४ बर्षिय मिनमहादुर गाहालाईपनि सोही बेसबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

बुटवल उपमहानगरपालिका २ पाखापानीमा बस्दै आएका गाहा तिनाउ नदीमा माछा मार्न गएको बेला एक्कासी पानीको बहाव बढ्न गई फसेका थिए ।

यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ३ बेथरीस्थित तिनाउ नदीमा दाउरा खोज्न गएका बेला नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही गाउँपालिका ६ का २६ बर्षिय अबदेश पाल, २० बर्षिय सुनिल पाल र सीयारी गाउँपालिका २ बस्ने अबदेश कुमार यादव नदीमा दाउरा खोज्न गएको बेला नदीको बहाव बढ्न गई नदीमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथै नम्बर २७ गण रुपन्देहीबाट टोली परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही जिल्लाको बुटवल उपमहानगरपालिका ११ टपमजुवास्थित तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित स्थानमा सारेको छ ।

नदीले घर कटान गरी केही भाग बगाएको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस बुटवलबाट टोली खटिई गई घरको सरसमान सुरक्षित स्थानमा सारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.