नदिको बीचमा फसेकी महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

| 2022 Feb 13 | 07:57 pm 1509

दार्चुला, फागुन १ः जिल्लाको महाकाली नगरपालिका ५ स्थित महाकाली नदिको बीचमा फसेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने करीव ३० वर्षीया ललिता ओड उक्त नदिमा बालुवा निकाली रहेको अवस्थामा पानीको बहाव बढ्न गई नदिको बीच भागमा फसेको बताईएको छ । सोबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक टेकबहादुर ऐडीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनको उकुशल उद्वार गरेको हो ।

काठ बरामद
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ५ नौरङ्गीयाघाट स्थित एक खोलाको बगरबाट सशस्त्र प्रहरीले करीव १ लाख ५७ हजार रुपैयाँ बराबरको सिसौको गोलिया काठ बरामद गरेको छ । उक्त बगरमा परालले छोपी लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ४५
क्यूफिट सिसौको गोलिका काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी विजयनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.