नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा अध्यक्षलाई कुटेपछि…

रिपोर्ट नेपाल | 2020 Jul 25 | 03:39 pm 2080

सर्लाही, साउन १०ः बिहीबार साँझ सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा अध्यक्षलाई कुटपिट गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सकलदेव रायले वडा नम्बर–३ का वडाध्यक्ष धर्मराज सिंह महतो माथि कुटपिट गरेका हुन् ।

वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले सकलदेवका काका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए ।

कुटपिटबाट वडाध्यक्ष गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल लगिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.