काठमाडौं, फागुन १० : काठमाडौं महानगरपालिका–२६ गोंगबु चोकबाट रोल्पा परिवर्तन गाउँपालिका–६ घर भएका १९ वर्षीय मनप्रसाद बुढा र सोही ठाउँ घर भएका २२ वर्षीय लोकेन्द्र बुढामगरको २ लाख ३८ हजार रुपैयाँ आज (शुक्रबार) बिहान ठगी भएको छ ।
बिरामीको उपचारको लागि पैसा लिएर शिक्षण अस्पताल महाराजगंज जाने क्रममा अल्फाबेट नखुलेको ३८१५ नम्बरको स्कुटरमा सवार अपरिचित व्यक्तिले तपाइको अंकलले मलाई छिट्टै पैसा लिई आउनु भन्नुभएको छ मलाई पैसा दिनु भनी उनीहरुको साथबाट उक्त नगद लिए फरार भएको पीडितहरुले बताए ।
ठगी गरी फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।