काठमाडौं, मंसिर २५ : काठमाडौं बौद्ध स्तुपाबाट नक्कली सुनलाई सक्कली सुन भनी नगद ६६ हजार रुपैयाँमा विक्रि वितरण गर्न लागेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चाबहिल बस्ने सिन्धुपाल्चोक वलेफि घर भएका २३ वर्षीय लालबहादुर लामा र सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २२ वर्षीय राजिव तामाङ रहेको छन् ।
नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न लागेको भन्ने विशेष सूचानाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा विक्रि वितरण गर्न लागेको अवस्थामा १ केजी विस्कुट आकारमा रहेको २ थान सुन जस्तो देखिने नक्कली सुन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा उनीहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।