नक्कली सुन देखाई ठगी गर्ने एक जना प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2019 Mar 11 | 05:46 pm 2188

तनहुँ, फागुन २७ : सुन जस्तो पहलेलो धातु देखाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका वडा नम्बर–५ भण्डारीथोक घर भै हाल कास्की पोखरा महानगरपालिका वडा नम्बर–१० ईन्द्र चोक बस्ने ४९ वर्षीया राधा थापा रहेका छन् ।

उनले ब्यास नगरपालिका वडा नम्बर –२ गणेशमान चोकका बिमला थापालाई सुन जस्तो पहेलो धातुको डल्लो देखाई विभिन्न लोभलालचमा पारी ठगी गरेका थिए ।

उनले लगाएको १ तोलाको सुनको सिक्री र आधा तोलाको सुनको औठी गरी जम्मा बिगो ९१ हजार ४ सय बराबरको धनमाल १ जना महिला र २ जना पुरुष ब्यक्तिले लुटी फरार रहेको भन्ने सुचनाको आधारमा तत्काल प्रहरी परिचालन गरिएको प्रहरीले जानकारी दिए ।

बजारमा जडित सिसि क्यामेरा फुटेज तथा पिडितले बताएको हुलियाको आधारमा खोजतलास गर्दै जाँदा गोरखा पालुङटार घर भएकी राधा थापालाई पिडितले बताएको तथा सिसि क्यामेरा फुटेजको आधारमा पक्राउ गरेको छ ।

सिसि क्यामरामा कैद भएको हुलिया सँग मेल खाने कपडा लगाई हिडेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको प्रहरीले बताए ।

उनलाई स्थानिय व्यक्तिको रोहबरमा तलासी लिँदा निजको साथबाट सुन जस्तो देखिने धातुको नक्कली गहनाहरु सिक्री १ थान, टप १ जोर, औठी २ थान, जुली ३ जोर समेत फेला परेको बताए ।

उक्त सामान बरामद गरी नियन्त्रणमा लिएका राधा थापालाई पिडित बिमला थापाबाट सनाखत गराई राधा थापा उपर ठगी मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.