नक्कली सवारी चालक अनुमती पत्र बनाउने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2023 Feb 22 | 06:35 pm 1025

काठमाडाैं, फागुन १०ः नक्कली सवारी चालक अनुमती पत्र बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला
ललितपुर गोलभट्टा बस्ने बर्ष २८ को प्रकाश घर्ति मगर रहेका छन् ।

काठमाण्डौ उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी विभिन्न बर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा खटिएको प्रहरी टोलीले मिति २०७९।११।०८ गते उनलाई शंका लागि निजको शरीर खानतलासी गर्ने क्रममा निजको साथबाट B बर्गको सवारी चालक अनुमती पत्र लाई A, B, F र G बर्गको नक्कली सवारी चालक अनुमती पत्र बनाई प्रयोग गरेको अवस्थामा फेला परेकाे थियाे ।

तत्काल नियन्त्रणमा लिई मिति २०७९।११।९ गते लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुरमा पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.