नक्कली लाइसेन्स बनाउने ६ जना पक्राउ

| 2020 Jan 01 | 01:28 pm 2299

काठमाडौं, पुस १६: नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान थालेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण हुने गरेको खुलेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएको थियो ।

अनुसन्धानका क्रममा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले लाइसेन्स नक्कली भएको प्रमाणित गर्‍यो ।

यस विषयमा अनुसन्धान गर्न न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको स्रोतले बतायो ।

यस विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.