नक्कली बम राखेर झुक्याउने तीन पक्राउ

| 2018 Aug 14 | 05:25 pm 1977

ललितपुर, सानउ २९ : नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीन जना पक्राउ परेका छन्। पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दले बताए ।

जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उनले बताए । बिहान ग्वार्को, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो । दिउँसो कुपण्डोलमा नक्कली बमका कारण केहीबेर स्थानीयवासी त्रसित भएका थिए।

जिल्लामा बन्दको न्यून प्रभाव परेको थियो ।उनले भने, “सार्वजनिक सवारी केही कम भए पनि साझालगायतका यातायात सेवा नियमित रहे ।” निजी सवारी साधन चलेको र पसल खुल्ला नै रहेको प्रहरीले जनाएको छ । बन्दका कारण विद्यालय भने बन्द रहे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.