नक्कली प्रमाणपत्र बनाउने एक जना पक्राउ

| 2021 Sep 07 | 08:55 pm 2341

ललितपुर, भदाै २२ः नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजबाट Diploma in pharmacy उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाई Nepal Pharmacy Council मा दर्ता भएको नक्कली कागजात समेत बनाईदिने साथै नक्कलीलाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बाग्लुङ बांडगार्ड गाउँपालिका ९ बस्ने वर्ष ३२ का युद्द बहादुर के.सी रहेका छन् । उनलाई अनुसन्धानको क्रममा मिति २०७८।०५।२१ गते महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोल स्थित यु.यन पार्कबाट पक्राउ गरिएको हाे ।

उनलाई लिखत सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत, पाटनबाट दिन ७ म्याद थप भई अनुसन्धान भईरेहको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.