नक्कली नोट सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 18 | 07:16 pm 2899

बारा, साउन ३ः नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा आदर्शकोतवाल गाउँपालिका वडा नं ६ का ३० वर्षीय नरेन्द्र प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका वडा नं ५ का २६ वर्षीय मनोज कुमार साह तेली र भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नं १० का २५ वर्षीय सुधिर कुमार कुशवाहा रहेका छन् ।

अवैध लागूऔषध खरिद बिक्रि, संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

खोजतलाश गर्दै जाँदा बारा महागढीमाई नगरपालिका वडा नंम्बर २ स्थित बरियारपुर चोकमा उनीहरूलाई नियन्त्रणमा लिई उनीहरूको शरीर तथा झोलामा बोकि आएकाले झोला खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट क्रमशः नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ४ सय ६५ थान, १ सय दरको ७ सय ४६ थान, नक्कली भारतीय नोट ५ सय दरको २ सय ८४ थान, ५० रुपौँया दरको ७ सय ६ थान सहित पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.